शुक्रबार, वैशाख ७, २०८१

मकवानपुरमा एक साता निषेधाज्ञा थप्ने

मेरोन्यूज २०७८ जेठ १२ गते १४:३७

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण थप फैलिन नदिन मकवानपुर जिल्लामा थप एक साता निषेधाज्ञा थप हुने भएको छ । जेठ १३ गतेसम्म कायम रहेको निषेधाज्ञाको समय अवधिलाई एक साता थप हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना नियन्त्रणका लागि जेठ २० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । कोरोना महामारी नियन्त्रणका लागि गत वैशाख १९ गते रातिदेखि लागू भएको निषेधज्ञाको समय दोस्रोपटक थपिएको हो ।

यस अगावै जेठ १३ गतेसम्म कायम रहेको निषेधाज्ञाको अवधि थप गरी जेठ २० गतेसम्म कायम रहने प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।

प्रतिक्रिया