बुधबार, वैशाख १२, २०८१

ओलीविरुद्ध गृह जिल्लामा ९ दलको आन्दोलन

मेरोन्यूज २०७८ जेठ १२ गते १२:५४

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामा सरकारको कदम असंवैधानिक भएको भन्दै आन्दोलन हुने भएको छ । प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध ९ राजनीतिक दलले विरोध आन्दोलन हुने भएको हो ।

९ दलले संयुक्त विज्ञप्ति जारी गर्दै मुलुकलाई जननिर्वाचित प्रतिनिधिसभा भंग गरेर अध्यादेशको भरमा सरकार सञ्चालन गर्ने कार्यले समृद्ध राष्ट्र निर्माण नहुने भन्दै आन्दोलनको घोषणा गरिएको बताइएको छ । ओलीले नक्कली राष्ट्रवादको नारा देखाएर देश र जनतालाई झुक्याएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पत्रकार सम्मेलनमा आफूसँग विश्वासको मत नभएको दाबी गरेका प्रधानमन्त्री ओली संविधानको धारा ७६ को ५ बमोजिम राष्ट्रपति समक्ष बहुमत सांसदसहित जानु घृणित काम भएको जनाएको छ ।

विज्ञप्तिमा केपी ओलीको लेन्डुप प्रवृत्तिको पर्दाफास गर्दै संयुक्त जन आन्दोलनको कार्यक्रम घोषणा गर्न ढिला गर्न नहुने ठहर गरेको छ ।

प्रतिक्रिया