शुक्रबार, वैशाख १४, २०८१

ललितपुरमा फ्रन्टलाइनरलाई आजदेखि कोभिशिल्डको दोस्रो डोज

मेरोन्यूज २०७८ जेठ १२ गते ११:१९

ललितपुर । स्वास्थ्य कार्यालय ललितपुरले कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोपको दोस्रो डोज लगाउन छुटेका फ्रन्टलाइनरलाई (आज) बुधबारदेखि खोप दिन सुरु गरिएको छ । जिल्ला खोप समन्वय समिति ललितपुरको मंगलबार बसेको बैठकले फागुन २३ गते अगाडि पहिलो प्राथमिकतामा परी खोप लगाएका तर दोस्रो डोज लगाउन छुट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई खोप दिने निर्णय गरेको थियो ।

अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने सुरक्षाकर्मीहरुलाई जेठ १२ गते बिहान १० बजेदेखि १४ गतेसम्म ललितपुरस्थित महानगरीय प्रहरी वृत्त जाउलाखेलमा खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालयले छ ।

प्रतिक्रिया