मंगलबार, जेठ १, २०८१

मण्डनदेउपुर १० दिन ‘सिल’, बनेपा र पनौतीमा थपियो

मेरोन्यूज २०७८ जेठ १२ गते १०:०७

काभ्रेपलाञ्चोक । पछिल्ला दिन कोरोनाभाइरस संक्रमणदर बढ्दै गएपछि उच्च जोखिममा रहेको जनाउँदै मण्डनदेपुर नगरपालिकाले नगर क्षेत्रमा आजदेखि १० दिन ‘सिल’ गरेको छ । बनेपा र पनौती नगरले पनि आजदेखि नगरक्षेत्र थप पाँच दिन ‘सल गरेको जनाएका छन् ।

Advertisement

दोस्रो लहरको कोभिड–१९ नगरमा तीव्र रूपमा फैलिएकाले यस जोखिमपूर्ण अवस्थामा संक्रमण नियन्त्रण, न्यूनीकरण तथा संक्रमण शृंखला तोड्न नगरले अत्यावश्यकबाहेकका सेवा १० दिनका लागि सिल गरेको जनाएको हो । “औषधि र इन्धनबाहेकका सम्पूर्ण सेवा १० दिनलाई बन्द गरेका हौँ,” नगरप्रमुख टोकबहादुर तामाङले भन् । नगरमा हाल ११८ पुरुषसहित १६९ सक्रिय संक्रमित रहेका छन् ।

जिल्लामा सबैभन्दा बढी सक्रिय संक्रमित रहेकाले बनेपाले यही जेठ ४ गतेबाट गरेको सिलको समयावधि आजदेखि दोस्रोपटक पाँच दिन थपेको हो । नगरपालिकाले मर्निङवाकसमेत गर्न दिएको छैन । बनेपा जिल्लाको प्रमुख सहर हो । जेठ ८ गतेबाट सिल गरेको पनौती नगरले पनि पहिलोपटक पाँच दिन सिलको समयावधि थपेको छ ।

संक्रमणको उच्च जोखिम रहेको जनाउँदै मण्डनदेउपुरसहित काभ्रेपलाञ्चोकका आठ स्थानीय तहले हाल आफ्नो क्षेत्र सिल गरेका छन् । बनेपा, धुलिखेल नगर, पनौती नगर, पाँचखाल नगर, मण्डनदेउपुर नगर, रोशी गाउँपालिका, बेथानचोक र भुम्लु गाउँपालिकाले आफ्ना क्षेत्रमा स्वास्थ्यसम्बन्धी अत्यावश्यक सेवाबाहेक सबै पूर्ण रूपमा बन्द गरेको जनाएका हुन् ।

पाँचखाल नगरले भने बन्दमा मदिराजन्य पसल सञ्चालन गरे ६ महिना अनुमति खारेज गरी ५० हजार रुपैयाँ जरिवानासमेत गर्ने जनाएको छ । साथै, सिल गरिएका स्थानीय तहले फोहरमैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट र विद्युत् सेवाप्रदायक निकायले न्यूनतम कर्मचारीमार्फत स्वास्थ्यका आधारभूत मापदण्ड अपनाएर सेवा प्रवाह गर्न प्रबन्ध मिलाउनसमेत निर्देशन दिएका छन् । सूचना विभागबाट जारी प्रेस पासबाहक सञ्चारकर्मीबाहेक नगरका अन्य व्यक्तिले अत्यावश्यक काममा मात्रै स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएर बाहिर निस्कन पाइने स्थानीय तहद्वारा जारी सूचना एवं प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले आजदेखि जिल्लामा १० दिन निषेधाज्ञा थप गरेको छ । काभ्रेपलाञ्चोकमा ६ नगरपालिका र सात गाउँपालिका छन् । केही गाउँपालिकाले पनि निषेधाज्ञामा थप कडाइ गरेको जनाउँदै आएका छन् ।

यसैबीच, पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकमा ३३१ मा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र ९डीसीसीएमसी०का अनुसार पछिल्लो २४ घण्टामा ४९९ संक्रमणमुक्त भएका छन् ।

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएयता जिल्लामा हाल दुई हजार ६४० सक्रिय संक्रमित रहेका छन् । जिल्लामा सबैभन्दा बढी बनेपा नगरमा २२ प्रतिशत अर्थात् ५८१ संक्रमित छन् । कुल संक्रमितमध्ये धुलिखेलमा ४७०, पनौतीमा ४६१, पाँचखालमा ३२५, नमोबुद्धमा १६९, मण्डनदेउपुरमा १६९ तथा रोशी गाउँपालिकामा ९७, चौँरीदेउरालीमा ६४, तेमालमा ५२, भुम्लुमा ८६, खानीखोलामा ३९, बेथानचोकमा ८५ र महाभारत गाउँपालिकामा ४२ सक्रिय संक्रमित रहेको केन्द्रले जनाएको छ ।

कुल संक्रमितमध्ये ९४।५८ प्रतिशत अर्थात् दुई हजार ४९७ संक्रमित होम आइसोलेसनमा उपचाररत छन् । हालसम्म जिल्लाका ११४ कोरोना संक्रमितको मृत्यु भएको छ । रासस

प्रतिक्रिया