शनिबार, वैशाख ८, २०८१

ओलीकाे पक्षमा उभिन जिल्ला नेतृत्वलाई कर्णाली एमालेकाे निर्देशन

मेरोन्यूज २०७८ जेठ ११ गते १८:५९

काठमाडाैं । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीले प्रदेशका सबै जिल्ला नेतृत्वलाई केपी शर्मा ओलीकाे पक्षमा उभिन निर्देशन दिएकाे छ । प्रदेश कमिटीका अध्यक्ष गाेरखबहादुर बाेगटीले मंगलबार विज्ञप्ति जारी गर्दै संकटकाे अवस्थामा पार्टी नेतृत्वकाे पक्षमा उभिन निर्देशन दिएकाे हाे ।

पार्टी नेतृत्वलाई असफल पार्ने, विपक्षीसँग साठगाँठ गर्ने जस्ता पार्टी अनुशासन विपरित काम नगर्न सचेत गराउँदै उनले एकताबद्ध हुन अपिलसमेत गरेका छन् ।

प्रतिक्रिया