शनिबार, वैशाख १५, २०८१

थप ८ हजार ६३६ संक्रमित पुष्टि, १६९ जनाको मृत्यु

मेरोन्यूज २०७८ जेठ ११ गते १७:२०

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट पछिल्लो २४ घण्टामा ८ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, संक्रमणबाट १६९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार पीसीआर विधिबाट २२ हजार ३०६ जना र एन्टिजेन विधिबाट ६३० जनाको परीक्षण गर्दा ८ हजार ६ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ४ जना निको भएका छन् । यससँगै देशभर कोरोनाको सक्रिय संक्रमित संख्या १ लाख १७ हजार २६१ पुगेको छ ।

मृतकको कुल संख्या ६७ सय पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर कुल संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ भने निको हुनेको कुल संख्या ४ लाख ४ हजार ८८७ जना पुगेको छ । अहिलेसम्म २९ लाख ५८ हजार बढीको कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया