मंगलबार, वैशाख ११, २०८१

प्रतिनिधिसभा विघटनविरुद्धको रिटको पेशी १३ र १४ गते तोकियो

मेरोन्यूज २०७८ जेठ ११ गते १७:०५

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटहरूको पेशी आगामी १३ र १४ गतेका लागि तोकिएको छ । यसका लागि ३० वटा रिट दर्ता भएको छ ।

दर्ता भएको रिटहरूमध्ये १९ वटा रिट साधारण इजलासमा र ११ वटाको संवैधाानिक इजलासमा सुनुवाइको माग गरिएको छ । सर्वोच्च अदालतका अनुसार १९ वटा रिटको सुनुवाइ १३ गते बिहीबार र ११ रिटको सुनुवाइ १४ गते शुक्रबारका लागि पेशी तोकिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६(५) बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भनी निर्णय दिएपछि गत जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । यस्तै, कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति तोकिएको थियो ।

प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६(५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै १४६ जना सांसदको हस्ताक्षरसहित सोमबार सर्वोच्चमा रिट दर्ता भएको थियो ।

प्रतिक्रिया