आइतबार, जेठ ६, २०८१

नाइट राइडर्सबाट सीपीएल खेल्दै सन्दीप

मेरोन्यूज २०७८ जेठ ११ गते १५:१६

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले खेल्ने भएका छन् । उनले ट्रीनबागो नाइट राइडर्सबाट सीपीएल खेल्ने भएका हुन् । सीपीएलले मंगलबार सन्दीप नाइट राइडर्सबाट प्रतियोगिता खेल्ने जनाएको छ ।

Advertisement

सन्दीपले यस अघि तीन सिजन सीपीएल खेलिसकेका छन् । उनले गत सिजन जमैका तलावाजबाट खेलेका थिए । त्यसअघि सेन्ट किट्स एण्ड नेभिस प्याट्रीओट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए । २०२१ को सीपीएल क्रिकेट अगस्ट २८ बाट सुरु हुनेछ ।

सेट किट्स एण्ड नेभिसमा आयोजना हुने सीपीएलको फाइनल सेप्टेम्बर १९ मा हुनेछ । प्रतियोगितामा कुल ३३ खेल हुनेछ ।

प्रतिक्रिया