बिहीबार, वैशाख ६, २०८१

सिंहदरवारमा विपक्षी गठबन्धनका नेताको भेटवार्ता

मेरोन्यूज २०७८ जेठ ११ गते १४:४८

काठमाडौं । प्रतिनिधीसभा पूर्नस्थापना र बहुमत सांसदको समर्थनका आधारमा काग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको माग राखेर सर्वाेच्च अदालत पुगेका विपक्षी गठवन्धनका शीर्ष नेताहरु आज पनि भेटघाटमा जुटेका छन् ।

सिंहदरवारमा अहिले काग्रेस सभापति शेरवहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एमालेले निश्कासन गरेका नेता माधव नेपालवीच भर्खर भेटवार्ता शुरु भएको हो ।

भेटवार्तामा जसपका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी हुने बताईएको छ ।

बैठक काग्रेस संसदीय दलको कार्यालयमा शुरु भएको हो ।

विपक्षी गठवन्धनका नेताहरुले हिजो मात्रै सर्वाेच्च अदालतमा प्रधानमन्त्री ओलीको असम्वैधानिक कदम र प्रतिनिधीसभा विघटनका विरुद्धमा रिट दर्ता गरेका थिए । रिटमा सम्वैधानिक इजालसमा आउने शुक्रवार सुनुवाइृ हुने सम्भावना रहेको छ ।

प्रतिक्रिया