बुधबार, वैशाख १२, २०८१

कोभिड हेल्प डेस्क सञ्चालनपछि उपचारमा सहज

मेरोन्यूज २०७८ जेठ ११ गते १४:११

वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडमा मकवानपुरमा कृयाशील विभिन्न संघसंस्थाको संयुक्त पहलमा कोभिड हेल्प डेस्क सञ्चालनमा आएपछि संक्रमीत बिरामीको उपचारमा थपसघाउ पुगेको छ । अक्सिजनको अभाव, उपचारमा समस्या तथा औषधि अभाव नहोस् भनेर उद्देश्यले मकवानपुर उद्योग वाणिज्य संघको कार्यालयमा सचिवालयमा कोभिड हेल्प डेस्क सञ्चालनमा आएको थियो ।

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा कोभिड हेल्प डेस्क स्थापनासँगै होम आईसुलेशनमा बसेका कोभिड संक्रमितलाई घरमा पुगी परामर्श सेवा, अत्यावश्यक औषधी वितरण तथा आवश्यकता अनुसार घरमै अख्सिजनसमेत उपलब्ध गराउँदै आईएको हो । मानवीय संवेदना, सहकार्य र सहअस्तित्वको भावनाबाट प्रेरित भई मकवानपुरका विभिन्न क्रियाशील संघसंस्थाले कोभिड–१९ न्यूनीकरण अभियान एकीकृतरूपमा सञ्चालन गर्ने उद्देश्यले कोभिड हेल्प डेस्क स्थापना गरेका हो ।

मकवानपुर उद्योग वाणिज्य संघको कार्यालयमा सचिवालय रहेको डेस्कको संयोजक संघका अध्यक्ष कृष्ण कटुवाल रहेका छन् । हेटौँडा अस्पताल मात्र होइन अन्य अस्पतालमा उपचाररत बिरामीलाई पनि सहयोग गरिने कोभिड हेल्प डेस्कका सचिवालय सदस्य तथा नारायणी संघ हेटौँडाका महासचिव सरोज खनालले जानकारी दिए । रासस

प्रतिक्रिया