शुक्रबार, वैशाख ७, २०८१

पूर्व सभामुखहरूको बैठकको कुनै अर्थ छैन : पूर्व सभामुख नेम्वाङ

मेरोन्यूज २०७८ जेठ ११ गते १३:४६

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले मंगलबार दिउँसो बोलाएको पूर्व सभामुखको बैठकमा सुवासचन्द्र नेम्वाङ अनुपस्थित भएका छन् । विघटित प्रतिनिधिसभा कसरी अगाडि लैजाने भन्ने बैठकमा पूर्व सभामुख नेम्वाङलाई पनि बोलाइएको थियो ।

नयाँ बानेश्वरस्थित प्रतिनिधिसभाको ल्होत्से हलमा छलफल हुने सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । उनले भने, ‘नेकपा एमालेका नेतासमेत रहेका नेम्वाङ बैठकमा आउनु भएको छैन ।’

सभामुख र पूर्व सभामुखहरूको बैठकको कुनै औचित्य नभएकाले आफू अनुपस्थित भएको नेता नेम्वाङले बताएका छन् । उनले भने, ‘त्यो बैठकको कुनै अर्थ छैन, त्यसैले म गइनँ ।’

सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछिको अवस्थाबारे पूर्व सभामुखहरूसँग परामर्श गर्न सभामुखले बैठक बोलाएका हुन् ।

प्रतिक्रिया