शुक्रबार, वैशाख १४, २०८१

२ बालबालिकासहित झुण्डिएको अवस्थामा ३ जना मृत फेला

मेरोन्यूज २०७८ जेठ ११ गते १३:२८

काठमाडौँ । प्युठानमा एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा फेला परेका छन् । प्युठान नगरपालिका १ स्थित रातामाटा सामुदायिक जंगलमा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेको हो ।

प्युठान नगरपालिका २ बस्ने अन्दाजी २५ वर्षीया गायत्री सुनार, उनकी पाँच वर्षीया छोरी प्रकृति सुनार र एक वर्षको छोरा सुशान्त सुनार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवी प्रसाद गैरेले जानकारी दिए ।

गैरेले मेरो न्युजलाई भने, ‘उनीहरू सोमबार माइत जान भनेर निस्किएका थिए । बिहान स्थानीयले सालको रुखमा झुण्डिएको अवस्थामा देखेपछि हामी त्यहाँ पुगेका हौँ ।’

यस घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।

प्रतिक्रिया