बिहीबार, वैशाख १३, २०८१

सरकारले मध्यावधि चुनाबको घोषणा गर्नु देश र जनताप्रतिको गैरजिम्मेवारीपन :तरुणदल

मेरोन्यूज २०७८ जेठ ११ गते ९:२६


काठमाडौं । नेपाल तरुण दल केन्द्रिय समितिले गत शुक्रबार मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री के.पी. ओलीद्वारा ईतिहासमै जनता र जनप्रतिनिधि जनप्रतिनिधिहरुको साझा थलो संसद माथी गरिएको सबैभन्दा ठूलो धोका र गद्दारीपुर्ण कार्य भन्दै भर्त्सना गरेको छ ।

दलले मंगलबार सबै जिल्ला समितिहरुलाई परिपत्र गदै राष्ट्रपति र प्रधानमन्त्रीद्वारा षड्यन्त्रपूर्वक तरिकाले गरिएको जनताको सर्वोच्च निकाय प्रतिनिधिसभाको विघटन असंवैधानिक, अलोकतान्त्रिक, निरङ्कुश, स्वयच्छाचारी र प्रतिगामी भएको ठहर गरेको छ ।

यस्तो छ दलले जिल्लामा जारी गरेको परिपत्र

प्रतिक्रिया