शुक्रबार, वैशाख ७, २०८१

दाँत वा मुखमा कुनै पनि समस्या देखियो ? पैसा नलाग्ने १६६००१०२२२३ नम्बरमा फोन गर्नुहोस्

मेरोन्यूज २०७८ जेठ ११ गते ८:०६

काठमाडौं । कोरोना नियन्त्रण र रोकथामका लागि अहिले देशका ६५ भन्दा बढी जिल्लामा बन्दाबन्दी (लकडाउन ) गरिएको छ । तर यो बन्दाबन्दीको बेलामा तपाईलाई दाँत तथा मुख स्वास्थ्य सम्बन्धि समस्याले सताएको त छैन् ? यदि छ भने पनि अब नआत्तिनु होला । बरु टोलफ्रि नम्बर १६६००१०२२२३ मा सम्पर्क गर्न सकिन्छ ।

यो नम्बरमा फोन गर्दा तपाँईको पैसा लाग्दैन । चिकित्सकहरुले फोनबाट नै तपाईको दाँत समस्या समाधान गरिदिने छन् । नेपाल डेन्टल एसोसिएसनले लकडाउनमा घरमै रहेका आम सर्वसाधारणलाई टेलिफोनबाटै मुख तथा दन्त स्वास्थ्यसम्वन्धी समस्यामा निशुल्क परामर्श गरिदिने भन्दै टोलफ्रि नम्बर सञ्चालनमा ल्याएका हुन् ।

प्रतिक्रिया