शुक्रबार, चैत १६, २०८०

आजको राशिफल : ज्येष्ठ ११ गते मंगलबार

ज्यो. दिवाकर पन्त २०७८ जेठ ११ गते ६:३८

काठमाडौं । आज २०७८ साल ज्येष्ठ महिनाको ११ गते मंगलबार, वैशाख शुक्लपक्षको चतुर्दशी तिथि । आज नृसिंह जयन्ती रहेको छ । अब लागौं आजको जेष्ठ ११ गतेको राशिफलतर्फ ।

मेष
समय नकारात्मक तर्फ नै ढल्केकाले सतर्क रहनु पर्ने देखिन्छ । सामान्यतया बोलीको प्रभाव सकारात्मक हुने दिएता पनि कतिपय सन्दर्भमा बोली कडा हुन पुग्दा कामहरु बिग्रने भएकाले संयमित रहनु होला । पेशागत जीवन सामान्य तवरबाट अघि बढ्ने छ । कमाइमा हल्का बृद्धि हुने छ । साझेदारीमा गरिएका कामहरुमा अबरोधहरु आउने छन् । दाम्पत्य जीवनमा पनि कटुता देखा पर्ने छ ।

वृष
समय केही सकारात्मक रहेको छ । बोलीमा भने कडापन आउने भएकाले यसबारेमा संयमित रहने प्रयास गर्नुहोला, लचकता अपनाउँदा ठिक हुने छ । साझेदारीमा गरिएका कामहरुमा समस्या देखा परेता पनि दृढ र आत्माबलले भरिएको ब्यक्तित्व बन्ने हुँदा ती समस्याहरुसँग जुध्न दृढता देखिने छ । आम्दानीमा केही सन्तोषजनक नतिजा आउने छ । मनमा दुविधा आउने छ । यसले निर्णय क्षमतामा ह्रास ल्याइ दिने छ । भाग्यको बलियो साथ रहेकाले समय केही अनुकुल बन्ने छ ।

मिथुन
समय सतर्कतासहित अघि बढ्नु पर्ने देखिन्छ । पितासँग सम्बन्धमा कटुता आउने छ । अध्ययन अध्यापनमा मन जाने छ । पेशागत जीवन सामान्यतया स्थिर बन्न पुगे पनि भाग्यको साथ निकै कम रहेकाले यसबारेमा सतर्क नै रही रहनु पर्ने समय छ । आत्माबलको कमि हुने हुने हुनाले भित्रि हृदयमा डर लागे लागे जस्तो भइरहने छ । बाठोपना बृद्धि हुने छ, तर बढेको चतुर्‍याईको सही सदुपयोग नहुने चुनौति देखिएकाले यसबारेमा ध्यान नदिए आफैलाई घाटा हुने छ ।

कर्कट
भाग्यको साथ नरहेकाले कठिनाईको सामना गर्नु पर्ने छ । पेशागत जीवनमा भने अस्थिरता आउने छ । द्वन्द चर्किने छ । मनमा दृढता आउने भएकाले समस्या समाधानमा मद्दत पुग्ने छ । सोचका विषयमा दुविधा नभई एकोहोरो केन्द्रित हुने बानी बन्ने छ । मनमा सुख शान्ति प्राप्त हुने छ । यस्तो अवस्थामा कतिपय बेला झैझगडाको खतरा रहने भएकाले यसबारेमा उच्च सतर्कतासहित ब्यवहार गर्नु होला ।

Advertisement

सिंह
बोलीको अस्पष्ट प्रभाव देखा पर्ने जाने छ । आफूले राम्रो बोल्न खोज्दा पनि अरुले अलि नकारात्मक बुझ्ने अवस्था आउने छ । त्यसैले यसबारेमा उच्च सतर्क रहँदा ठिक हुने छ । आम्दानीमा भने केही बृद्धि हुने छ । बोलीको प्रभावका कारण पेशा, व्यवसाय तथा कार्यालयका विषयमा प्रगति हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने भएकाले आफ्नो लक्ष्य प्राप्तिका लागि केन्द्रित हुने बानी हुने छ । साझेदारीमा गरिएका कामहरुमा समस्या देखा पर्ने छ । दाम्पत्य जीवनमा पनि शान्तिपुर्ण तरीकाले अघि बढ्नु होला ।

कन्या
परिवारमा शान्ति आउने छ । कमाइमा भएको बृद्धिले सन्तोष प्राप्त हुने छ । बोलीको प्रभाव बढ्ने छ । सितल स्वाभाव हुने भएकाले अरुको मन जित्न सकिने छ । बोलीमा निकै मधुरता देखा पर्ने छ । दाम्पत्य जीवनमा झैझगडा र द्वन्द देखा पर्ने भएकाले सतर्कता अपनाई ब्यवहार गर्न ध्यान दिनुहोला । साझेदारीमा गरिएका कामहरुमा पनि द्वन्द चर्किने छ । शैक्षिक क्षेत्रमा सक्रियहरुको हकमा अनावश्यक बादबिबाद निम्तिने छ ।

तुला
समय सकारात्मक नभएकाले विचार गर्नु होला । पेशागत क्षेत्रमा खुट्टा तान्नेहरुको सक्रियता बढ्ने भएकाले ढुक्क भइहाल्ने अवस्था नभएकाले सतर्कता भने अपनाउनु होला । साझेदारीमा गरिएका काममा गम्भीर समस्या देखा पर्न जाने छ । अध्ययन अध्यापनमा आंशिक मन जाने छ । पेशागत जीवनमा सफलता मिल्ने छ । दाम्पत्य जीवनमा पनि कटुता देखा पर्ने छ । भाग्यको साथ नभएकाले बन्न बन्न खोजेका कामहरु पनि अपेक्षा नै नगरिएका समस्याले त्यसमा बाधा पु¥याउने छ ।

वृश्चिक
समय चुनौतिपूर्ण भएकाले धैर्य रहनु होला । मनोबलको कमि हुने भएकाले काममा उर्जा आउने छैन् भने देखा परेका समस्या समाधानमा दृढता आउने छैन् । शारीरिक थकान अत्याधिक धेरै देखिने छ । मनमा दुविधा आउने छ । चिन्ता धेरै बढ्ने छ । यसले आलस्य बढाइ दिने भएकाले कार्य क्षमतामा कमि आउने छ । दाम्पत्य जीवनमा औसत शुभ नै देखिएता पनि कतिपय विषयमा दृष्टिकोण मिल्ने छैन् । साझेदारीमा गरिएका काम भने नतिजामुखी हुने छन् ।

धनु
समय प्रतिकुल रहेकाले धैर्यतासहित पाइला चाल्नु होला । आम्दानीमा कमि आउने छ । मनमा मोक्षकारक विचारको मात्रा अत्याधिक देखा पर्नेछ । मनमा अलि निराशाजनक विषयले प्रवेश पाउने छ । लिइएका लक्ष्यहरु प्राप्त हुने छैनन् । बोलीमा कटुता बढ्ने छ, यसले निर्णयक कामहरु सम्पन्न हुन बाधा पु¥याउने भएकाले ध्यान दिनु होला । पैतृक सम्पत्तिबाट भने फाइदा मिल्ने छ । साझेदारीमा गरिएका काममा संकट आउने र द्वन्द आउने छ । जीवनसाथिको सल्लाह लिएर काम गरेमा केही सफलता मिल्ने छ । बोलीको प्रभावका कारण शत्रु बढ्न जाने भएकाले बोलीलाई नियन्त्रित गर्ने प्रयास गर्नु होला ।

मकर
समय सकारात्मक बन्न पुगेको छ । दृढ खाले ब्यक्तित्व हुने छ । प्रतिष्पर्धात्मक स्वाभावमा पनि बढोत्तरी हुने छ । पेशागत र ब्यवसायीक जीवन राम्रो हुने छ । साझेदारीमा गरिएका कामहरु स्थिर बन्न पुग्ने छन् । बाहिरबाट हेर्दा अलि घमण्डि जस्तो ब्यक्तित्व हुने भएकाले यसबारेमा ध्यान दिनु होला । जीवनसाथिको सरसल्लाह लिएर काम अघि बढाएमा वा निन्तर भइरहेका कामहरु गरेमा सफल बन्ने छन् ।

कुम्भ
समय संयमित रही अघि बढ्नु पर्ने रहेको छ । मनमा द्वन्दात्मक विचार आइ रहने छ र अन्योलताले असाध्यै गाँज्ने छ । उपलब्ध परिस्थिति प्रति सुख, सन्तोष प्राप्त हुने छैन् । जसले गर्दा मनमा छटपटि देखा पर्ने छ । पेशागत विषयलाई लिएर मनमा केही निराशाले सताउने छ । बौद्धिक क्षेत्रमा भने प्रगति हुने छ । अरुलाई सहयोग गरौँ–गरौँ जस्तो मनमा दृढतापूर्वक आउने छ ।

मीन
समय संयमित रहनु पर्ने खालको छ । धन सम्पत्ति नोक्सानी हुने समय सक्रिय रहेकाले यसबारेमा धैर्यतासाथ मात्र पाइला चाल्नु होला । मनमा दृढतामा कमि आउने भएकाले निर्णय क्षमतामा गिरावट आउने छ । मन उदास हुने छ, उक्त उदासिनताका कारण उत्साह उमङ्गमा निकै कमि ल्याउने छ । पैतृक सम्पत्ति परिचालनमा प्रगति हुने छ भने यसले उन्नति पनि गराउने छ । मेहनत र पराक्रमी स्वाभाव हुने छ । भाग्यको बलियो साथ रहेकाले समस्यासँग जुध्न मनोबल प्राप्त हुने छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया