शनिबार, वैशाख ८, २०८१

रकम र सुचकमा ऐतिहासिक सुधार

मेरोन्यूज २०७८ जेठ १० गते १८:१९

काठमाडौं । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसु्चक साताको दोस्रो दिन आज झिनो अंकले उकालो लागेको छ । बजर परिसुचक ३ दशमलब ७ अंकले बढेर २ हजार ८ सय २३ दशमलब ६ को बिन्दुमा पुगेको हो । यो हालसम्म कै उच्च बिन्दु रहेको स्टक एक्सचेञ्जले जनाएको छ ।

सोमबार कुल २ सय १६ कम्पनीको १ लाख ३६ हजार ४ सय ९९ कारोबारबाट १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार १ सय ८७ रुपैयाँ बराबरको २ करोड ७१ लाख ४० हजार २ सय २ कित्ता शेयर किनबेच भए ।

स्टक एक्सचेञ्जका अनुसार बरुण हाईड्रोपावर, युनाईटेड मर्दि हाईड्रोपावर लगायत ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक देखिएको छ भने निर्जीवन बीमा,ईन्भेष्टमेन्ट, बैकिङ् लगायत ५ क्षेत्रको समूहगत सुचक बढेको भने फाईनान्स ट्रडिङ् लगायत ८ क्षेत्रको समूहगत सुचक घटेको छ ।

प्रतिक्रिया