शनिबार, वैशाख १५, २०८१

सेनिटाइजरमा रसायन मिसाएको अभियोगमा ४ जना पक्राउ

मेरोन्यूज २०७८ जेठ १० गते १८:१०

काठमाडौं । ह्यान्ड सेनिटाइजरमा ‘मेथानोल’ नामको रसायन मिसाएको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

आईतबार प्रहरीले ‘७५ प्रतिशत प्लस’ नामको सेनिटाइजर उत्पादक सुनसरी घर भएका आशिष प्याकुरेल, बालाजुस्थित उत्सव डिटरजेन्ट एण्ड कस्मेटिकका संचालक राकेश अग्रवाल, कमल अग्रवाल र सोह्रखुट्टेस्थित लामा समिप इन्टरप्राइजेजका संचालक सुमन बहादुर तामाङलाई पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखा र प्रहरी परिसर काठमाडौंले आइतबार उपत्यकाका ३ वटा सेनिटाइजर उद्योग र तीनवटा गोदाममा छापा मारेको थियो ।

महाशाखाले त्रिपुरेश्वर स्थित प्याकुरेलले संचालन गरेको लाइफ लाइन सर्जिकल हाउसमा समेत छापा मारेर करिब १ करोड ८० लाख मूल्यको सेनिटाइजर बरामद गरेको छ ।

ललितपुरको इमाडोलमा आशिष प्याकुरेलले आरसिबी इन्डष्ट्रिज, पर्सा नामक कम्पनीको ब्यानरमा उत्पादन गरेको ‘७५ प्रतिशत प्लस’ नामको सेनिटाइजरमा २४ प्रतिशत मेथानोल मिसिएको ल्याव परीक्षणबाट पुष्टि भएको छ ।

पक्राउ परेका उनिहरु बिरुद्ध कालोबजारी तथा सामाजिक अपराध ऐन–०३२ अनुसारको कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया