बिहीबार, वैशाख १३, २०८१

देउवाको पक्षमा हस्ताक्षर गर्नेलाई कारबाही गर्ने एमाले स्थायी कमिटीको तयारी

मेरोन्यूज २०७८ जेठ १० गते १८:०४

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसदहरूलाई कारबाही गर्ने तयारी गरेको छ ।

यस्तै, पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रीको सिफारिसमा विघटन भएको प्रतिनिधि सभालाई पुनस्र्थापना गर्न माग गर्नलाई कारबाही गर्ने तयारी गरेको एक नेताले जानकारी दिए ।

यसअघि शनिबार बसेको स्थायी कमिटी बैठकले देउवालाई प्रधानमन्त्री बनाउन प्रस्तावका लागि हस्ताक्षर गर्ने २६ सांसदमध्ये ११ सांसदलाई स्पष्टीकरण माग गर्ने निर्णय गरेको थियो ।

स्पष्टिकरणको म्याद आज बिहान सकिएको छ । तर, माधव नेपाल पक्षले स्पष्टिकरण दिएका छैनन ।

प्रतिक्रिया