शुक्रबार, चैत १६, २०८०

कोरोना संक्रमणबाट डिएसपी समिर खरेलको निधन

मेरोन्यूज २०७८ जेठ १० गते १७:३९

काठमाडौं । कोरोना संक्रमणका कारण नेपाल प्रहरीका नायव उपरीक्षक (डीएसपी) समिरचन्द्र खरेलको सोमबार दिउँसो मृत्यु भएको छ ।

महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा दुई सातायता उपचारमा रहेका खरेलको सोमबार अपराह्न मृत्यु भएको हो ।

कोरोना संक्रमणका कारण स्वासप्रस्वासमा समस्या देखिएपछी दुई साता अगाडी उनलाई नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।

तीन साताअघि कोरोना संक्रमण पुष्टि भएका उनको स्वास्थ्य बिग्रदै गएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

डीएसपी खरेल लमजुङ प्रहरी प्रमुख र ईलाका प्रहरी कार्यालय इटहरीको प्रमुखको जिम्मेवारी सम्हालिसकेका अधिकृत हुन् । गतवर्ष संयुक्त राष्ट्रसंघीय मिसन गएका उनि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत थिए ।

Advertisement

गत साता मात्र नेपाल प्रहरीका अर्का डीएसपी राजकुमार केसीको कोरोना संक्रमणको कारण मृत्यु भएको थियो । जनताको सुरक्षामा खटिने क्रममा नेपाल प्रहरीका ११ कर्मचारीले कोरोनाबाट ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया