शनिबार, वैशाख १५, २०८१

माधव नेपालका चार सांसदले किन गरेनन् हस्ताक्षर ?

राष्ट्रपति कार्यालयमा देउवालाई प्रधानमन्त्री दावी गर्दा हस्ताक्षर गरेका ४ ले अहिले गरेनन्, नगरेका एक जनाले भने अहिले गरेका छन् ।

मेरोन्यूज २०७८ जेठ १० गते १५:३४

काठमाडौं । प्रतिनिधीसभा पूर्नस्थापना र काग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गदै विपक्षी गठवन्धनका नेताहरु सार्वेच्च अदालत पुगे । २७१ सांसदमध्ये १४६ सांसदको हस्ताक्षर सहित विपक्षी गठवन्धन सर्वाेच्च गएका हुन् ।

सवै हस्ताक्षर सांसदलाई सनाखतका लागि शसरीर उपस्थित गराएका विपक्षी गठवन्धनका नेता देउवालाई प्रूधानमन्त्री नियुक्तिका लागि जेठ ७ मा राष्ट्रपति कार्यलयमा दावी प्रस्तुत गराउँदा १४९ सांसदको हस्ताक्षर थियो ।

जसमा काग्रेसका ६१, माओवादी केन्द्रका ४८, एमालेका माधव नेपाल समुहका २६, जनता समाजवादी पार्टी (उपेन्द्र बाबुराम पक्ष) का १२, राष्ट्रिय जनमोर्चाका १ गरी त्यसवेला १४९ सांसदको हस्ताक्षर थियो ।

तर सर्वाेच्चमा शसरीर उपस्थित भएर सनाखतमा जाने विपक्षी गठवन्धनका शीर्ष नेताहरुले भनेपछि एमालेको माधव नेपाल समुहका चार नेताले हस्ताक्षर गर्न सोमबार सिंहदरवार आएनन । बरु पहलिे हस्ताक्षर नगरेका थप एक नेपाल पक्षका सांसद सिंहदरवारमा हस्ताक्षरका लागि पुगे । उनी थिइन् – कालिला खातुन ।
तर पहिले हस्ताक्षर गरेर अहिले हस्ताक्षर नगर्नेमा गोकर्ण विष्ट, राजवहादुर वुढा, गणेश पहाडी र पवित्रा निरौला खरेल छिन् । विष्टले हस्ताक्षर नगरेपछि के उनी पनि कतै योगशे भट्टराई जस्तै हस्ताक्षरबाट पन्छिएका हुन् ? सिंहदरवारमा चर्चा चल्यो ।

यस अगाडी नै नेपाल पक्षका नेता योगेश भट्टराईले भने हस्ताक्षर गर्न मानेनन र गरेका थिएनन । गोकर्णले किन हस्ताक्षर गरेनन् ?
‘गोकर्ण विष्ट उच्च ज्वरोका कारण ३ दिनदेखि घरमै आराम गरिरहनुभएको सबैमा जानकारी गराउँदछु’, विष्टका प्रेस सल्लाहकार मदन खनालले भनेका छन्।
पहाडी भने योगेश भट्टराईसग नजिक छन् । उनले पनि आज हस्ताक्षर गरेनन । यस्तै माधव समूहका अर्का एक सांसद पनि बिरामी भएका कारण हस्ताक्षर गर्न आउन नसकेको बताइएको छ।


सांसद झपट रावलले एक सांसदलाई पाखाला लागेकोले आउन नसकेको बताए। तर उनले ती सांसदको नाम खुलाउन चाहेनन्। पवित्रा निरौला खरेलले भने आफु काठमाडौं वाहिर रहेको जानकारी गराएको वताईएको छ । नेपाल पक्षका ११ जनालाई एमालेले हस्ताक्षरमा लागेको भन्दै स्पष्टिकरण सोधेको थियो । त्यसमध्येमा आज हस्ताक्षर नगर्ने मध्येकी पवित्रा खरेल निरौला पनि थिइन् ।

प्रतिक्रिया