शनिबार, वैशाख ८, २०८१

रिट दायर गरी सर्वोच्चबाट बाहिरिए नेताहरू

मेरोन्यूज २०७८ जेठ १० गते १४:५५

काठमाडौँ । सवोच्च अदालतमा रिट दायर गरे नेताहरू बाहिरिएका छन् ।

रिट दायर गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी एकमात्र सांसद दुर्गा पौडेलसहित विघटित प्रतिनिधिसभाका सदस्यहरू उपस्थित भएका थिए । १४६ संसदहरुको हस्ताक्षर सहित रिट दर्ता गराएको विपक्षी गठवन्धनका नेताहरुको भनाई छ ।

विपक्षीहरुले वहुमत सांसदहरुले हस्ताक्षर गरेर राष्ट्रपतिलाई वुझाइएपनि प्रधानमन्त्री नियुक्त नगरिएकोले बहुमत प्राप्त नेता देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने उनीहरुले पहिलो माग राखेका छन् ।

प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणाको विरोध तथा संविधानको धारा ७६ (५) बमोजिम शेरबहादुर देउवालाई प्रधानमन्त्री घोषणा गर्नुपर्ने उनीहरुको माग छ ।

कात्तिक २६ र मंसीर ३ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचन रोक्न अन्तरिम आदेश विपक्षीहरुले माग गरेका छन् ।

त्यस्तै रिट संवैधानिक इजलासमै दर्ता भएर सुनुवाइ हुनुपर्ने मागपनि उनीहरुको छ ।

प्रतिक्रिया