शुक्रबार, वैशाख १४, २०८१

ओखलढुंगामा कोरोनाबाट पहिलो व्यक्तिको निधन

मेरोन्यूज २०७८ जेठ १० गते १४:११

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ओखलढुंगामा पहिलो व्यक्तिको निधन भएको छ । निधन हुनेमा सिद्धिचरण नगरपालिका ११ की ५८ वर्षीय महिला रहेकी छन् ।

जिल्लामा कोरोनाबाट ज्यान गुमाउने उनी पहिलो व्यक्ति हुन् । गत जेठ ७ गते कोरोना पुष्टि भएपछि ओखलढुंगा सामुदायिक अस्पतालमा उपचाररत उनको आज निधन भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले जानकारी दिए ।

जिल्लाबाट बाहिर गएर बसेकाको यसअघि पनि कोरोना संक्रमणबाट मृत्यु भएको भए पनि जिल्लामा रहेका संक्रमितको यसअघि मृत्यु भएको थिएन ।

पछिल्लो तथ्यांकअनुसार देशभर ६ हजार ३४६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया