शुक्रबार, वैशाख ७, २०८१

जंगली च्याउ खाँदा एक जनाको मृत्यु

मेरोन्यूज २०७८ जेठ १० गते १३:४१

काठमाडौँ । संखुवासभाको खाँदबारी नगरपालिका ४ मा जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । च्याउ खाँदा ३९ वर्षीय लालबहादुर राईको मृत्यु भएको वडा नं ४ का वडाध्यक्ष सजीत राईले जानकारी दिए ।

च्याउ खाएर बिरामी परेका उनको उपचारका क्रममा आइतबार राति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको वडाध्यक्ष राईले बताए ।

गत बिहीबार जंगलबाट ल्याएको जंगली च्याउ खाँदा लालबहादुर र उनकी आमा ७० वर्षीय राधिकासमेत बिरामी भएका थिए ।

प्रतिक्रिया