शनिबार, वैशाख १५, २०८१

विद्यावारिधी गर्ने पहिलो नेपाली महिलाको निधन

मेरोन्यूज २०७८ जेठ १० गते १३:०२

काठमाडौं । साहित्यमा विद्यावारिधी गर्ने पहिलो नेपाली महिला डा. बानिरा गिरीको निधन भएको छ । लेखिका गिरीको ७५ वर्षको उमेरमा आइतबार राति १० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनमा २० दिनअघि कोरोना संक्रमण देखिएको थियो । तर,गिरीको निधन हृदयघातले भएको जनाइएको छ । नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा उनको निधन भएको बताइएको छ ।

कवि गोपालप्रसाद रिमालमाथि शोध गरेर उनले त्रिभुवन विश्वविद्यालयबाट पीएचडीको उपाधि प्राप्त गरेकी थिइन् । उनका श्रीमान, एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया