शुक्रबार, जेठ ४, २०८१

कोरोना फैलिनुअघि चीनको ल्यावमा कार्यरत कर्मचारी संक्रमित

मेरोन्यूज २०७८ जेठ १० गते ११:५६

काठमाडौँ । चीनको वुहान शहरबाट कोरोना भाइरस (कोभिड-१९)को संक्रमण फैलिनुअघि एक ल्याबमा कार्यरत कर्मचारी बिरामी भएको समाचार बाहिर आएको छ । अमेरिकाबाट प्रकाशित हुने ‘द वाल स्ट्रिट जर्नल’मा यो समाचार छापिएको छ ।

Advertisement

पत्रिकामा उल्लेख गरिएअनुसार विश्वभर कोरोना महामारी महामारी फैलिनुभन्दा एक महिनाअघि ‘वुहान इस्टिच्युड अफ भाइलोजी क्यास’मा कार्यरत कर्मचारीमा संक्रमण देखिएको हो ।

समाचारमा जनाइएअनुसार सन् २०१९ को नोभेम्बरमा पहिलोपटक ३ जना शोधकर्तामा कारोना भाइरस देखिएको थियो । भाइरस संक्रमण देखिएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको थियो ।

यो रिपोर्टबारे विश्व स्वास्थ्य संगठनको बैठकमा समेत छलफल भएको थियो । जसमा कोरोना भाइरसको उत्पतीबारे फरक तरिकाले व्याख्या भएको थियो । एजेन्सी

प्रतिक्रिया