शुक्रबार, जेठ ४, २०८१

कोरोनाबाट पूर्व सांसद बस्नेतको निधन

मेरोन्यूज २०७८ जेठ १० गते ११:१४

काठमाडौँ । भोजपुरका पूर्व सांसद नरेन्द्र बस्नेतको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट निधन भएको छ । ७४ वर्षीय बस्नेतको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सोमबार बिहान साढे ३ बजे मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

Advertisement

बस्नेत भोजपुर क्षेत्र नम्बर १ बाट २०४८ सालको संसदीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित बनेका थिए । उनी भोजपुरको दिङ्लामा रहेको षडानन्द सीताराम गुठीको पूर्वअध्यक्ष र अरुण माध्यमिक विद्यालयको पूर्वप्रधानाध्यापक समेत हुन् ।

पछिल्लो समय मोरङको खोर्सानेमा बस्दै आएका बस्नेत विभिन्न सामाजिक संघसंस्थामा सक्रिय रहेका थिए । उनको श्रीमती र दुई छोरा रहेका छन् ।

प्रतिक्रिया