बिहीबार, वैशाख ६, २०८१

आइसियू र भेन्टिलेटर थप्न ३५ अस्पताललाई करिब ३ अर्ब बिनियोजन

मेरोन्यूज २०७८ जेठ १० गते १०:५८

काठमाडौं । सरकारले ३५ वटा अस्पताललाई भेन्टिलेटर र अक्सिजन प्लान्ट राख्नका लागि करिब अर्ब रुपैयाँ विनियोजन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर रहेका ३५ वटा अस्पताललाई इसियू, भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांक जोड्न २ अर्ब ९३ करोड ८० लाख रुपैयाँ विनियोजन गरेको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ३ सय ६० वटा आइसियू, १ सय ८० भेन्टिलेटर, १९ वटा अक्सिजन प्लान्ट र २६ वटा लिक्विड अक्सिजन ट्यांक जडान गर्न २ अर्ब ९३ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।

कुन अस्पताललाई कति रकम बिनियोजन ?

कोसी अस्पताल ६ करोड ८० लाख

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान १८ करोड ८० लाख

गजेन्द्र नारायण अस्पताल ३ करोड ८० लाख

नारायणी अस्पताल ९ करोड ८० लाख

भरतपुर अस्पताल ९ करोड ८० लाख

धुलिखेल अस्पताल ६ करोड ८० लाख


प्रसुति गृह ६ करोड ८० लाख

बीर अस्पताल ३० करोड ८० लाख

गंगालाल अस्पताल ८० लाख

ट्रमा सेन्टर ९ करोड

मनमोहन कार्डियो ८० लाख

नेपालमा प्रहरी अस्पताल ९ करोड ८० लाख

एपिएफ अस्पताल ९ करोड ८० लाख

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ३ करोड

विरेन्द्र अस्पताल ९ करोड

सिभल अस्पताल ६ करोड ८० लाख

कान्ति बाल अस्पताल ६ करोड ८० लाख

पाटन अस्पताल १२ करोड ८० लाख

टिचिङ अस्पताल १२ करोड

भरतपुर अस्पताल ८० लाख

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ९ करोड ८० लाख

जिपी कोइराला अस्पताल ९ करोड

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान ९ करोड

भेरी अस्पताल १५ करोड

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ८० लाख

डडेलधुरा अस्पताल ६ करोड ८० लाख

मेची अस्पतालमा ९ करोड

प्रादेशिक अस्पताल जनकपुर ९ करोड ८० लाख

भक्तपुर अस्पतालमा ३ करोड ८० लाख

बागलुङ अस्पताल ३ करोड

भीम अस्पताल ३ करोड ८० लाख

लुम्बिनी प्रादेशिक अस्पताल ९ करोड ८० लाख

सुर्खेत प्रादेशिक अस्पताल १२ करोड ८० लाख

सेती प्रादेशिक अस्पताल ६ करोड ८० लाख

महाकाली अस्पताल ९ करोड ८० लाख

प्रतिक्रिया