शुक्रबार, चैत १६, २०८०

डा. गोविन्द केसीका सहयोगी सुवेदीलाई दुर्गा प्रसाईंको धम्की

मेरोन्यूज २०७८ जेठ १० गते १०:२६

काठमाडौँ । झापास्थित बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा। गोविन्द केसीका सहयोगी प्रितम सुवेदीलाई धम्की दिएका छन् । सुवेदी केसीको चिकित्सा क्षेत्र सुधार अभियानका मिडिया संयोजक हुन् । प्रसाईंले सुवेदीलाई फोन गरेर भौतिक आक्रमण गर्ने धम्की दिएको सोलिडारिटी फर डा केसी अलायन्सका संयोजक डा.जीवन क्षेत्रीले जानकारी दिए । टेलिफोनमा प्रसाईंले सुवेदीका परिवारका सदस्यहरु (आमा, बुवा र बहिनी) लाई समेत जोडेर ‘डाँका’ भन्दै गालीगलौच गरेका क्षेत्रीले बताए।

गत हप्ता डा. केसीले काठमाडौं विश्वविद्यालयले चोरबाटोबाट बीएन्डसीलाई सम्बन्धन दिन लागेको भन्दै विज्ञप्ति जारी गरेका थिए । उक्त विज्ञप्ति सुवेदीले सञ्चारमाध्यमहरुलाई उपलब्ध गराएका थिए । सोलिडारिटीले सुवेदीको सुरक्षाको मागसमेत गरेको छ । भौतिक आक्रमण गर्ने धम्की आइरहेकाले त्यसको जिम्मेवारी प्रसाईंले लिनुपर्ने क्षेत्रीले बताए । प्रहरीमा उनीविरुद्ध जाहेरीसमेत दर्ता गराउने तयारी भइरहेको क्षेत्रीले बताए ।

प्रतिक्रिया