शुक्रबार, वैशाख १४, २०८१

आजको राशिफल : ज्येष्ठ १० गते सोमबार

ज्यो. दिवाकर पन्त २०७८ जेठ १० गते ७:१३

काठमाडौं ।आज २०७८ साल ज्येष्ठ महिनाको १० गते सोमबार, वैशाख शुक्लपक्षको त्रयोदशी तिथि । आज सोम प्रदोषव्रत रहेको छ । अब लागौं आजको राशिफलतर्फ ।

मेष
आफ्नो जीवनसाथि एक आपसमा शंकाको दृष्टिले हेर्ने छन् । यसले गर्दा दाम्पत्य जीवनमा कटुता आउने छ । स–साना विषयले पनि ठुलो समस्या निम्त्याउने छ । औसतमा बोलीको प्रभाव बढ्ने भएता पनि कतिपय अवस्थामा बोलीमा कडापन देखा पर्ने छ । पेशागत जीवनमा अवस्था सामान्य रहने र आम्दानीमा पनि केही बृद्धि हुन जाने छ । ठेक्कापट्टा, निर्माण ब्यवसाय, श्रम क्षेत्र, मासुको ब्यापार, छालाजन्य उद्योग, कलकारखाना, उत्पादन, गर्नेहरुलाई फाइदा मिल्ने छ ।

वृष
यो गरौ कि, त्यो गरौ मनमा कुरा खेल्दा निर्णय क्षमतामा ह्रास आउने छ । मनमा असाध्यै दुविधा आउने छ । साझेदारीमा गरिएका कामहरुमा समस्या देखा पर्ने छ । बोलीमा भने अत्याधिक कडापन आउने भएकाले यसबारेमा संयमित रहने प्रयास गर्नुहोला । दृढ र आत्माबलले भरिएको ब्यक्तित्व हुने भएकाले समस्याहरुसँग जुध्न सक्ने क्षमता पनि आउने छ । भाग्यको बलियो साथ रहेकाले समय अनुकुल बन्ने छ । आम्दानी सन्तोषजनक अवस्थामा नै रहने छ । ढुवानी ब्यवसाय, कल कारखाना, मेकानिकल इन्जिनियरिङ्ग, ढुवानीका सवारीसाधन, फोहर ब्यवस्थापन जस्ता क्षेत्रमा कार्यरतहरुलाई समय सकारात्मक नै छ ।

मिथुन
चतुर बुद्धि हुने छ तर बढेको चतु¥याई गलत ठाउँमा प्रयोग हुने भएकाले यसबारेमा ध्यान दिनु होला । अध्ययन अध्यापनमा मन लाग्ने छ । आत्माबलको कमि हुने हुने हुनाले भित्रि हृदयमा डर लागे जस्तो हुने छ । पेशागत जीवन स्थिर रहेता पनि भाग्यको साथ निकै कम रहेकाले उच्च सतर्कताको चाँही आवश्यकता पर्दछ । पितासँग सम्बन्धमा कटुता आउने छ । पत्रकारिता, बाचन पेशा, कार्यक्रम सञ्चालक, अध्ययन, अध्यापन, शिक्षण, प्रशिक्षक, स्टेशनरी पसल जस्ता पेशामा आवद्धहरुलाई समय अनुकुल रहेको छ ।

कर्कट
सोचका विषयमा दुविधा नभई एकोहोरो केन्द्रित हुने बानी बन्ने छ । मनमा दृढता आउने छ । मनमा सुख शान्तिको बलियो आभाष हुने छ । पेशागत जीवनमा भने अस्थिरता आउने र द्वन्द चर्किने छ । यस्तो अवस्थामा कतिपय बेला भौतिक रुपमा झैझगडा समेत हुने भएकाले संयमता अपनाउनु होला । आफू पनि आक्रोशित नबन्नु होला र अरु आक्रोशित भएमा पनि संयममा रहने प्रयास गर्नुहोला । भाग्यको साथ नरहेकाले कठिनाईको सामना गर्नु पर्ने छ । होटल, रेष्टुरेण्ट, घर जग्गाको कारोवार, सुरक्षा निकाय, खेल क्षेत्रमा कार्यरतलाई समय प्रतिकुल छ ।

सिंह
आफूले राम्रो बोल्न खोज्दा पनि अरुले अलि नकारात्मक बुझ्ने छन् । खासगरी परिवारका सदस्यहरुमा यस्तो हुन जाने भएकाले विचार गर्नु होला । पेशागत जीवनमा स्थिरता हुने छ । आम्दानीमा बृद्धि हुने छ । बोलीको प्रभावका कारण पेशा, कार्यालय, ब्यवसायमा गति पैदा हुने छ । साझेदारीमा गरिएका कामहरुमा समस्या देखा पर्ने छ । प्रतिष्पर्धात्मक क्षमता हुने भएकाले जुधेर भए पनि लक्ष्य अनुसारका काम अघि बढाउने क्षमता आउने छ ।सेना, सुरक्षा फौज, आँटिला काम, घर घडेरी, ठेक्का पट्टा, शारीरिक रुपमा काम गर्ने पेशामा आवद्धहरुलाई फाइदा मिल्ने छ ।

कन्या
आफ्नो बोलीका कारण फाइदा मिल्ने छ । बोलीमा निकै मधुरता आउने छ । परिवारमा शान्ति आउने छ । सितल स्वाभाव हुने भएकाले अरुको मन जित्न सकिने छ । कमाइमा भएको बृद्धिले सन्तोष प्राप्त हुने छ । दाम्पत्य जीवनमा झैझगडा र द्वन्द देखा पर्ने छ । शैक्षिक क्षेत्रमा सक्रियहरु बादबिबादमा फस्ने अवस्था आउने छ । साझेदारीमा गरिएका कामहरुमा द्वन्द निम्तिने छ । वाणिज्य, पत्रकारिता, ब्यवस्थापन, ब्यापार क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ ।

तुला
पेशागत जीवनमा सफलता मिल्ने छ । पेशागत सफलतामा धेरै फुकलित भने हुने समय छैन् । साझेदारीमा गरिएका काममा गम्भीरखाले समस्या आउने छ । अध्ययन अध्यापनमा आंशिक मन जाने छ । भाग्यको साथ कम रहनाले हुन हुन खोजका कामहरुमा नसोचिएका समस्या देखा परेर अड्किने छ । कमाई भएको आम्दानी गलत ठाउँमा फस्ने खतरा रहेकाले संयमित रहनु होला । शेयर बजार सकारात्मक छैन् ।

वृश्चिक
भविष्यको विषयलाई लिएर मन उदास हुन जाने छ । मनमा दुविधा आउने छ । चिन्ता धेरै बढ्ने छ । दाम्पत्य जीवनमा औसत शुभ नै देखिएता पनि कतिपय विषयमा दृष्टिकोण मिल्ने छैन् । साझेदारीमा गरिएका कामले नतिजा दिने छ । मनोबलको कमि हुने भएकाले देखिएका समस्यासँग जुध्न शक्ति प्राप्त हुने छैन् । शारीरिक थकान अत्याधिक धेरै आउने छ ।

धनु
बोलीमा अत्याधिक कटुता यानेकी टर्राे हुन जाने छ । लिइएका लक्ष्य प्राप्त हुने छैन् । आम्दानीमा कमि आउने छ । पैतृक सम्पत्तिबाट भने फाइदा मिल्ने छ । मनमा मोक्षकारक विचारको मात्रा अत्याधि बढ्ने छ । साझेदारीमा गरिएका काममा संकट आउने र द्वन्द आउने छ । जीवनसाथिको सल्लाह लिएर काम गरेमा केही सफलता मिल्ने छ । बोलीको प्रभावका कारण शत्रु बढ्न जाने भएकाले बोलीलाई संयमित राख्ने प्रयास गर्नुहोला ।

मकर
प्रतिष्पर्धात्मक स्वाभाव हुने छ । दृढ खाले ब्यक्तित्व हुने छ । साझेदारीमा गरिएका कामहरु स्थिर हुने छन् । जीवनसाथिको सहयोगमा काम गरेमा वा सल्लाहमा काम गरेमा पेशागत जीवनमा लाभ मिल्न छ । ब्यवसाय राम्रो हुने छ । मदिरा, ओषधी, अस्पतालका सामान आपूर्ति, आयात निर्यात, पानी, पेय पदार्थ, दुध जस्तो क्षेत्रको ब्यापर ब्यवसायमा संलग्नहरुलाई लाभ मिल्ने छ ।

कुम्भ
पेशागत विषयलाई लिएर मनमा केही निराशाको भाव आउने छ । मनमा द्वन्दात्मक विचार आइरहने छ, अन्योलताले गाँज्ने छ । सुख, सन्तोषको आभाष हुने छैन् । महिलाले प्रयोग गर्ने सामान, सूचना प्रविधि, सुरक्षा निकाय, सजावटका सामान, खेल जगत आदीमा संलग्न ब्यक्तिहरुलाई सकारात्मक लाभ मिल्ने छ । बौद्धिक क्षेत्रमा प्रगति हुने छ । ज्ञान, विवेक, करुणा, वृहत्तर सोचाई तथा दार्शनिक सोचाई आउने छ ।

मीन
मन उदास हुने छ । उदासिनताका कारण उत्साह उमङ्गको कमि हुने छ । मनमा दृढताको कमि हुने भएकाले निर्णय क्षमतामा गिरावट आउने छ । भाग्यको साथ रहेकाले मनोबल उच्च हुने छ । घर घडेरी जोर्ने वा त्यसका विषयमा प्रगति हुने छ । पैतृक सम्पत्ति परिचालन गर्ने विषयमा परिवारको सदस्यबीच सहमति वा एक मत हुने छ । मेहनत र पराक्रमी स्वाभाव हुने छ । ज्ञान विज्ञान, स्टेसनरी, प्रकाशन गृह, शैक्षिक क्षेत्र अध्ययन, अध्यापन आदीमा सहभागिहरुलाई समय प्रतिकुल छ । धन सम्पत्ति नोक्सान हुने समय चलिरहेकाले सतर्क रहनु होला ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया