शुक्रबार, चैत १६, २०८०

तेस्रो पटक जिते ह्यारी केनले गोल्डेन बुट

मेरोन्यूज २०७८ जेठ १० गते ७:०२

एजेन्सी । टोटेनहमका स्ट्राइकर ह्यारी केनले इंग्लिस प्रिमियर लिगको गोल्डेन बुट हात पारेका छन् । यस सिजन प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता बन्दै केनले बुट अवार्ड अथार्त गोल्डेन बुट जितेका हुन् ।
केनले लिभरपुलका मोहम्मद सलाहलाई एक गोलले पछि पारेका हुन् । केनले यस सिजन २३ गोल गरे । भने सालाहले २२ गोल मात्र गर्न सके । आइतबार राति लेष्टर सिटीमाथि ४ – २ को जित निकाल्दा केनले एक गोल गरेका थिए ।

जसको कारण केनले गोल्डेन बुट हात पारेका हुन्। केनले तेस्रो पटक गोल्डेन बुट अवार्ड जितेका हुन् । केनले प्रिमियर लिगको प्लेमेकर अवार्ड समेत जितेका छन् ।

प्रतिक्रिया