शुक्रबार, चैत १६, २०८०

५० हजार डोज खोप किन्न रामपुर नगरपालिकाले माग्यो स्वास्थ्य मन्त्रालयसँग अनुमति

मेरोन्यूज २०७८ जेठ १० गते ६:४६

पाल्पा । कोरोना महामारीविरुद्ध आफैं खोप खरिद गर्ने भन्दै पाल्पाको रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापाले अनुमति माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार निवेदन दिएका छन् ।

सरकारले खोप उपलब्ध गराउन समय लागेपछि भारतबाट आफैंले समन्वय गरेर खोप ल्याउन मेयर थापाले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीसँग भेटेर अनुमति मागेको हुन् ।

उनले भने,“रामपुर नगरपालिकाले आफ्ना सम्पूर्ण नागरिकलाई कोभिड–१९ विरुद्धको खोप चाहेका छौं । यसका लागि यसअघि नेपाल सरकारले खरिद गरेको मूल्य र मापदण्डअनुसार ५० हजार डोज खोप खरिद गर्न स्वास्थ्य मन्त्रीज्यूसँग अनुमति मागेका गरेका छौं ।”

फ्रन्ट लाइनमा खटिएकाहरु र लक्षित वर्गकाले पहिलो र दोस्रो चरणमा खोप लगाइसकेको र ५० हजार डोज खोप ल्याउँदा सबैलाई पुग्ने मेयर थापाको भनाइ छ ।


Advertisement

प्रतिक्रिया