शुक्रबार, वैशाख १४, २०८१

सिरहाका कोभिड अस्पतालका डाक्टर, नर्स र बेडको विवरण देखिने गरी टाँस्नुपर्ने

मेरोन्यूज २०७८ जेठ १० गते ६:३१
Set of doctors

धनुषा । जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाका कोभिड–१९ का बिरामी उपचार गर्ने अस्पतालका ड्युटीमा रहने डाक्टर, नर्स र बेड संख्या सबैले देख्ने गरी टाँस्न निर्देशन दिएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल एम्बुलेन्स चालकको नम्बर पनि सार्वजनिक गर्न निर्देशन दिएका हुन् । उनलेभने,“अस्पतालमा ड्युटीमा रहेका डाक्टर, नर्स र बेड संख्या थाहा नपाएर बिरामी र कुरुवा समस्यामा पर्ने गरेकाले सबैले देख्ने ठाउँमा टाँस्नुपर्ने छ ।”

कँडेलले जिल्ला प्रशासनले कोभिड कोषबाट डिस्पेन्सर खरिद गरी विभिन्न कार्यलयहरुलाई वितरण गर्ने निर्णय समेत गरेको बताए ।

प्रतिक्रिया