बिहीबार, चैत १५, २०८०

अमेरिकामा एक भिडियो सार्वजनिक : मलाई माफ गर्नुभन्दा समेत प्रहरीले गर्यो हत्या

मेरोन्यूज २०७८ जेठ ९ गते २२:१३

काठमाडौँ । सन् २०१९ मा अमेरिका भएको एक घटना अहिले विवादमा आएको छ । अमेरिकाको लुइसियाना भन्ने स्थानमा भएको उक्त घटनामा एक काला जातिका व्यक्तिले माफी माग्दै गर्दा प्रहरीले करेन्ट लगाएर मारेको समाचारमा जनाइएको छ ।

सुरूमा ती काला जातिका पुरूष रोनाल्ड ग्रीनको मृत्यु तीव्र गतिमा सवारी कुदाएर दुर्घटना हुँदा भएको प्रहरीले बताउँदै आएको थियो । यसबेला उनको मृत्युबारे एक भिडियो सार्वजनिक भएको छ ।

यस भिडियोमा प्रहरीले रोनाल्डलाई करन्ट लगाउँदै गरेको न्युज एजेन्सी एपीले सार्वजनिक गरेको हो । यस क्रममा रोनाल्ड कराउँदै मलाई माफी दिनु भन्दै रोएको देखिएको छ ।

रोनाल्डको मृत्युबारे प्रहरीको ३ दाबी

पहिलो दाबी : प्रहरीको यो दाबी सन् २०१९ मे १० गतेको रहेको छ । प्रहरीले ४९ वर्षीय रोनाल्ड ग्रीनको कार रोक्ने कोशिश हुँदै गर्दा दुर्घटना भएर मृत्यु भएको हो । उनले सडक नियम उल्लंघन गर्दा रोक्ने क्रममा उनको मृत्यु भएको हो । तर, के नियम उल्लंघन गरेको भन्ने चाहिँ प्रहरीले उल्लेख गरेको छैन ।

Advertisement

दोस्रो दाबी : रोनाल्डलाई जब प्रहरीले पक्राउ गर्यो तब उनले भाग्नका लागि संघर्ष गर्यो । यही क्रममा उनी घाइते भई अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

तेस्रो दाबी : यस दाबीअनुसार प्रहरीले रोनाल्डलाई पक्राउ गर्न बल प्रयोग गर्नु पर्ने भएको थियो । सोही क्रममा उनको मृत्यु भएको हो । एजेन्सी

प्रतिक्रिया