बिहीबार, वैशाख ६, २०८१

नागरिकतासम्बन्धी अध्यादेश जारी भएपछि खुशीयाली

मेरोन्यूज २०७८ जेठ ९ गते २१:१०

काठमाडौँ । नेपाली नागरिकता (पहिलो संशोधन) २०७८ अध्यादेश जारी भएपछि खुशीयाली मनाएको छ । सप्तरीमा मैनबत्ती प्रज्वलन गरी खुशीयाली मनाएको हो ।

संसद्मा नागरिकता विधेयकका रुपमा पेश भएको र विचाराधीन रहेको सो अध्यादेश जारी भएपछि राजविराजसहित विभिन्न ठाउँमा स्वागत गरिएको छ ।गजेन्द्रनारायण सिंहको शालिक रहेको राजविराजस्थित गजेन्द्र चोक र शहीद दशनचोकमा जनता समाजवादी पार्टी नेपालका नेताहरुले मैनबत्ती प्रजवलन गरेका छन् ।

कार्यक्रममा महन्थ ठाकुर र राजेन्द्र महतो समर्थित जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवसहित जिल्लाका नेताको सहभागिता थियो । जसपाको मूल मागका रूपमा रहेको नागरिकतासम्बन्धी अध्यादेश जारी भएको खुशीयाली मनाइएको जिल्ला समन्वय समितिका प्रमुख यादवले बताए ।

नागरिकतासम्बन्धी अध्यादेशले जन्मसिद्ध नागरिकका छोराछोरीलाई वंशजको नागरिकता दिने र बाबुको पहिचान नभएका नेपाली महिलाका सन्तान र जन्मसिद्धका छोराछोरीलाई वंशजको नागरिकता दिने व्यवस्था गरेको कानून, न्याय तथा संसदीयमामिलामन्त्री लीलानाथ श्रेष्ठले बताए ।

नागरिकलाई वञ्चित गर्नु हुँदैन भनेर अध्यादेश ल्याउनु उपयुक्त भएको नेकपा एमालेका नेता अशोक यादवले बताए ।

प्रतिक्रिया