शुक्रबार, जेठ ४, २०८१

वीर अस्पताललाई नबिल बैंकले अक्सिजन प्लान्ट बनाइदिने

मेरोन्यूज २०७८ जेठ ९ गते २०:२०

काठमाडौँ । देशमा बढेको कोरोना भाइरस (कोभिड १९)को संक्रमणलाई न्युनीकरण गर्न नबिल बैंकले नेसनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल)लाई अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्ने समझदारी गरेको छ । अस्पतालमा बिरामीले अक्सिजन नपाउने समस्या देखिएपछि बैंकले सरकारलाई सहयोग गर्ने भएको हो ।

Advertisement

बैंकले ५० क्युबिक लिटर प्रतिघन्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गर्ने जनाइएको छ । यसका लागि बैंकले थप प्रकिया अगाडि बढाइसकेको जनाएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोभिड महामारीको सुरुवाती समयदेखि सरकारलाई सहयोग गर्दै आएको जनाएको छ । चालू आवमा कोभिड १९ को प्रतिकार्यका लागि बैंकले सरकारलाई ६ करोड रुपैयाँ सहयोग गरेको जनाइएको छ ।

बैंकले हालसम्मको काम र समझदारीअनुसार कोभिड १९ रोकथाम र नियन्त्रणमा करिब आठ करोड रुपैयाँ सहयोग गरेको जनाएको छ ।

प्रतिक्रिया