शुक्रबार, जेठ ४, २०८१

प्रदेश २ मा कोरोना संक्रमण दर १०५.१ प्रतिशतले वृद्धि

मेरोन्यूज २०७८ जेठ ९ गते १९:३०

काठमाडौँ । नेपालका कोरोना भाइरस (कोभिड–१९)को संक्रमण दर यस साता घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा यस साता संक्रमण दर घटेकोे जानकारी दिइएको हो ।

Advertisement

इपिडिमियोलोजिष्ट तथा काठमाडौँ विश्वविद्यालयका उपप्रध्यापक डा अर्चना श्रेष्ठले गत साताको तुलनामा यस साता ५.७ प्रतिशतले संक्रमण दर घटेको दाबी गरेकी हुन् । उनका अनुसार वागमती, गण्डकी र लुम्बनी प्रदेशमा संक्रमण दर घटेको र प्रदेश नं १, प्रदेश नं २, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने बढेको पाइएको छ ।

वागमती १६.३१ प्रतिशत, गण्डकी १०.८७ प्रतिशत र लुम्बनी प्रदेशमा १९.१ प्रतिशत संक्रमणको दर घटेको छ । सबभन्दा बढी प्रदेश २ मा संक्रमण दर फैलिएको छ । प्रदेश २ मा १०५.१ प्रतिशतको दरले संक्रमण बढेको छ ।

प्रदेश १ मा २६.८ प्रतिशत, कर्णालीमा २९.१ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९.६ प्रतिशतले संक्रमण दर बढेको पाइएको छ । उनले संक्रमण दर कम भए पनि जनस्वास्थ्यका मापदण्ड पालना नगरे पुनः बढ्ने बताइन् ।

यस्तै, उनका अनुसार यस वर्ष संक्रमितमध्ये १.३१ प्रतिशतको निधन र गत वर्ष ०.७५ प्रतिशतको भएको थियो ।

प्रतिक्रिया