बिहीबार, वैशाख १३, २०८१

चिनियाँ खोप लगाउँदै सर्वसाधारण (फोटोहरू)

जुली गिरी २०७८ जेठ ९ गते १८:२१

काठमाडौं । गत जेठ २ गतेदेखि सुरु भएको दोस्रो चरणको खोप अभियानअन्तर्गत निषेधाज्ञाबीच खोप केन्द्रहरूमा मानिसका भीड लागेका छन् ।

चीन सरकारले उपलब्ध गराएको भेरोसेल खोपको दोस्रो चरण काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लामा लगाउन सुरु गरिएको हो ।

पहिलो मात्रा खोप लगाएका दुई लाख ८८ हजार मानिसलाई दोस्रो मात्राको खोप लगाउने भएका छन् । केही हप्ताअघि विश्व स्वास्थ्य संगठनले भेरोसेल खोपलाई आपत्तकालीन प्रयोग अनुमति दिएको थियो ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया