शुक्रबार, वैशाख ७, २०८१

अवैध लागु औषधसहित महिला पक्राउ

मेरोन्यूज २०७८ जेठ ९ गते १७:३१

मोरङ । जिल्लाको विराटनगर महानगरपालिका १७ मटेरुवा चोकबाट लागू औषधसहित एक महिला पक्राउ परेकी छन् ।

प्रहरीले सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका १ बस्ने ४१ वर्षीय रेखा न्यौपानेलाई पक्राउ गरेको हो ।

शनिबार साँझ इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनले बोकेको झोलाबाट लागू औषध DIALEX–DC ५० बोतल, नाइट्राभेट १०० ट्याब्लेट, SPASMO –PROXYVON PLUS–४३२ चक्कीसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकी न्यौपाने उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया