आइतबार, जेठ ६, २०८१

दीपक मनाङेले लिए मन्त्री पदको शपथ

मेरोन्यूज २०७८ जेठ ९ गते १६:५८

काठमाडौँ । गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकूद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका उपस्थितिमा उनलाई शपथ गराएकी हुन् ।

Advertisement

प्रदेश प्रमुखको सरकारी निवासमा आयोजित शपथ ग्रहण समारोहमा उपसभामुख सिर्जना शर्मा, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य तथा सरकारी उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।

मनाङे गत जेठ ५ गते गराइएको शपथ ग्रहण समारोहमा काठमाडौँमा भएकाले उपस्थित हुन सकेका थिएनन् । नेकपा (एमाले)का समर्थनमा मनाङको प्रदेश (ख)बाट स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित उनी यसअघि प्रदेश सरकारमा १० दिन युवा तथा खेलकूद मन्त्री भएका थिए ।

प्रतिक्रिया