शुक्रबार, वैशाख १४, २०८१

राष्ट्रपति भण्डारीद्वारा नागरिकता सम्बन्धि अध्यादेश जारी

मेरोन्यूज २०७८ जेठ ९ गते १६:५५

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धि अध्यादेश जारी गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नेपालको संविधानको धारा ११४ को उपधारा १ अनुसार नेपाल नागरिकता (पहिलो संसोधन) अध्यादेश, २०७८ जारी गरेकी हुन् ।

सरकारले जन्मसिद्ध नागरिकता पाएका सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी गरेको हो । हाल जन्मको आधारमा नागरिकता पाएका सन्तानले वंशजको नागरिकता पाउने व्यवस्था छैन । मधेसको माग सम्बोधन गर्न सरकारले नागरिकतासम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट पारित गरेको थियो ।

नागरिकतासम्बन्धी विधेयक प्रतिनिधि सभामा २ वर्षदेखि छलफलको क्रममा रहेको थियो । सरकारले प्रतिनिधि सभाको विघटन गरेपछि अध्यादेशको रुपमा नागरिकता ऐन ल्याएको हो ।

प्रतिक्रिया