शुक्रबार, वैशाख ७, २०८१

सरकारमा आउने पक्षलाई मन्त्री बनाउँछौँ : ओली

मेरोन्यूज २०७८ जेठ ९ गते १५:४७

काठमाडौँ । प्रधानमन्त्र केपी शर्मा ओलीले खाली भएको ७ वटा मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्ने बताएका छन् । उनले राष्ट्रिय सरकार बनाउन सहयोग गर्ने राजनीतिक दललाई मन्त्रालयको जिम्मेवारी दिने बताएका हुन् ।

‘मलाई मेरो लागि मात्रै मन्त्री चाहेको होइन, त्यसैले संविधानले दिएको अधिकारमा रही राष्ट्रिय सरकार बनाउन आउने दललाई मन्त्रिपरिषद्का सामेल गर्ने छु,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई बलियो बनाउने अहम भूमिका निभाउनेलाई मन्त्री बनाउने बताए ।

प्रतिक्रिया