शनिबार, वैशाख १५, २०८१

विपक्ष गठबन्धन सोमबार सर्वोच्च अदालत जाने

मेरोन्यूज २०७८ जेठ ९ गते १५:४६

काठमाडौँ । प्रतिनिधि सभाको विघटनविरुद्ध विपक्ष गठबन्धनले सर्वोच्च अदालतमा सोमबार रिट दायर गर्ने भएका छन् । आइतबार समय अभाव भएकाले सोमबार सर्वोच्च अदालत जाने तयारीमा विपक्ष गठबन्धन रहेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ ८ गते मध्यरातमा प्रतिनिधि सभाको विघटन गरेकी थिन् । त्यसपछि विपक्ष गठबन्धनका १ सय ४९ निवर्तमान सांसद हस्ताक्षर र नागरिकतासहित सर्वोच्च अदालतमा रिट दिन जान लागेका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेपालको संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्ति गरिमाग्न सर्वोच्च अदालतमा रिटमा दिन लागेका हुन् ।

रिटमा सभापति देउवाले १४९ जनाको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि गरेको दावी वैधानिक रहेको दावी गरिएको छ । यस्तै, प्रतिनिधिसभा विघटन गर्ने सरकारको सिफारिस खारेज गरी संसद अधिवेशन बोलाउन अन्तरिम आदेश पनि माग गरिएको जनाइएको छ ।

प्रतिक्रिया