शुक्रबार, जेठ ४, २०८१

सरकारको ध्यान कोरोना नियन्त्रणमा छ : प्रधानमन्त्री ओली

मेरोन्यूज २०७८ जेठ ९ गते १४:२४

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९)को नियन्त्रण गर्न कुनै पनि समस्या नभएको बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।

Advertisement

‘कोरोना नियन्त्रण गर्न सरकारले जहाज चार्टर गरेर अक्सिजनको सिलिण्डर, भेण्टिलेटरलगायत स्वास्थ्य सामाग्री ल्याएका छौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले भ्याक्सिन नेपालमा बनाउन सम्भव नभएको हुँदा खरिद गरेर ल्यायौँ ।’

पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारको प्रमुख ध्यान कोरोना सर्न नदिने गरी काम गरिरहेको बताए । यस्तै, उनले विश्वका विभिन्न देशहरू तथा संघ संस्थासँग कोरोनाविरुद्धको भ्याक्सिन ल्याउने प्रयासमा केन्द्रीत रहेको बताए ।

प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि निजी क्षेत्रका व्यापारीसँग मिलेर काम गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया