बिहीबार, वैशाख १३, २०८१

ठूलो परिमाणमा हातहतियार फेला, थप हुन सक्ने प्रहरीको आशंका

मेरोन्यूज २०७८ जेठ ९ गते १३:४९

काठमाडौँ । रोल्पाको एक जंगलबाट प्रहरीले २५ म्याग्जिन र ९ सय ७० राउन्ड गोली बरामद गरेको छ । प्रहरीले थप हातहतियारको सामाग्री फेला पर्न सक्ने आशंका गरेको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिका २ रामपुर गाउँ नजिकैको सामुदायिक वनको बाँस घारीमा प्लाष्टिकले बेरेर राखेको अवस्थामा ९ सय ७० राउन्ड गोली फेला परेको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाले एसएमजीमा प्रयोग हुने म्याग्जिन २३ थान, एम १६ को म्याग्जिन १ थान, एलएमजी म्याग्जिन १ थान गरी २५ थान म्याग्जिन, एके ४७ मा प्रयोग हुने ७ सय ५२ थान गोली, ७.६२ मिमि हतियारको गोली २ सय ८ थान र ९ एमएमको गोली १० राउन्ड गरी ९ सय ७० राउन्ड गोली बरामद गरेको हो ।

शनिबार बेलुका बाँसघारीमा बाँसको पातले छोपी लुकाएर राखेको अवस्थामा गोली फेला पारिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । विशेष सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेर हेर्दा ठूलो मात्रामा गोली बरामद भएको हो ।

प्रतिक्रिया