शुक्रबार, वैशाख ७, २०८१

७५ जिल्लामा निषेधाज्ञा, कुन जिल्लामा कहिलेसम्म ?

मेरोन्यूज २०७८ जेठ ९ गते १२:१६

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्टको संक्रमण तीव्र रुपमा बढेसँगै देशका ७५ जिल्लाहरुूमा निषेधाज्ञा लागु गरिएको छ । देशभरका ७१ जिल्लामा पूर्ण र ३ जिल्लामा आंशिक निषेधाज्ञा लागु हुँदै आएको छ । यसैबीच सरकारले तोकेको भन्दा न्युन संक्रमित भएकाले खोटाङ र मनाङमा निषेधाज्ञा लागु भएको छैन ।

देशभर कोरोना संक्रमितको दरको अवस्था जटिल बन्दै गए पनि यी २ जिल्लाहरूमा भने कोरोनाको खासै प्रभाव खासै देखिएको छैन ।

मन्त्रिपरिषद्ले ग्रामीण क्षेत्रमा २०० र शहरी क्षेत्रमा ५०० कोरोनाका सक्रिय संक्रमित पुगेसँगै निषेधाज्ञा लगाउन सक्ने अधिकार स्थानीय प्रशासनलाई प्रत्यायोजन गरेको थियो ।

सोही अधिकारको प्रयोग गर्दै स्थानीय प्रशासनले जिल्लाभर वा प्रभावित क्षेत्रमा निषेधाज्ञा लगाउँदै आएका छन् ।

प्रतिक्रिया