शुक्रबार, वैशाख १४, २०८१

सर्वोच्च अदालतमा रिट दायर गर्न हस्ताक्षर संकलन सुरु

मेरोन्यूज २०७८ जेठ ९ गते १२:०९

काठमाडौँ । सर्वोच्च अदालतमा रिट दायर गर्न विपक्षी गठबन्धनले हस्ताक्षर संकलन सुरु गरेको छ । विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री दाबी पेशमा हस्ताक्षर गरेका विघटित प्रतिनिधि सभाका सांसदहरुले सिंहदरबार हस्ताक्षर गरिरहेका छन् ।

विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा रहेका छन् । विपक्षी गठबन्धनले सबैको हस्ताक्षर संकलन गरेर संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने तयारी गरेको छ ।

प्रतिक्रिया