शनिबार, वैशाख १५, २०८१

८ हजार ५ सयमा मास्क विक्री गर्ने एक जना पक्राउ

मेरोन्यूज २०७८ जेठ ९ गते १२:०३

मोरङ । जिल्लाको विराटनगर महानगरपालिकाबाट मास्कको कालोबजारी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिवार विराटनगरस्थित कोशी अस्पताल अगाडी फार्मेशी संचालन गर्ने ३७ वर्षिय भुपेन्द्रनाथ अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

सुनसरी जिल्ला दुहबी नगरपालिका ७ बस्ने ३७ वर्षिय श्याम चौधरी लाई ६ हजार ८ सय ८० पर्ने सिलिकन फुल फेसमास्क (एनआईभी मास्क)लाई ८ हजार ५ सयमा विक्री गरेको भन्दै उनलाई पक्राउ गरएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले अधिकारी संचालन गरेको अधिकारी फार्मेशीबाट १ थान सिलिकन फुल फेसमास्क (एनआईभी मास्क)सहित पक्राउ गरिएको हो ।

प्रतिक्रिया