शुक्रबार, चैत १६, २०८०

बेलायतले नेपाललाई २० लाख डोज कोरोनाबिरुद्धको खोप उपलब्ध गराउने

मेरोन्यूज २०७८ जेठ ९ गते १०:५०

काठमाडौं । बेलायत सरकारले नेपाललाई २० लाख डोज कोभिसिल्ड खोप उपलब्ध गराउने भएको छ । विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रमअन्तरगत नेपालले २० लाख डोज खोप निःशुल्क उपलब्ध गराउँन लागेको बेलायतको उपल्लो सदनले निर्णय गरेको हो । बेलायतको विदेश मन्त्रालयको प्रस्तावमा संसद्ले खोप दिने निर्णय गरेको बताइएको छ ।

खोप उपलब्ध गराउने निर्णयबारे केही दिनभित्रै आधिकारिक जानकारी प्राप्त हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । लिखित जानकारी आउनासाथ खोप ल्याउने प्रक्रिया अघि बढाउने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया