बिहीबार, चैत १५, २०८०

विपक्षी गठबन्धनको बैठक बस्दै

संसद विघटनविरुद्ध १४९ सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालत जाने तयारी

मेरोन्यूज २०७८ जेठ ९ गते ९:१९

काठमाडौं । विपक्षी गठबन्धनको बैठक बस्ने भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी राष्ट्रिय जनमोर्चा र एमाले नेपालसमुह सहितको बैठक बिहान ११ बजे बस्न लागेको हो ।

विपक्षी गठबन्धन १४९ सांसद हस्ताक्षरसहित आज संसद विघटनविरुद्ध सर्वोच्च अदालत जादैछ । त्यसअघि उनीहले संसदीय दलको बैठक आह्वान गरेका हुन् ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणका अनुसार अहिले रिटका लागि तयारी भइरहेको छ । विपक्षी दलहरु छलफलमा जुटेका छन् ।

खाँणले प्रधानमन्त्री ओलीले गलत नियतका साथ प्रतिनिधि सभा विघटन गरेका कारण कानुनी लडाईँका लागि आफूहरू बैठक बस्न लागेको जानकारी दिए ।
रिट लेखन र हस्ताक्षर सङ्कलन कार्य सकिएमा आजै नभए भोलिसम्ममा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि प्रतिपक्षी सर्वोच्च जान लागेका हो । शनिवार बसेको विपक्षी गठबन्धनको पाँच दलको बैठकले राजनीतिक र कानुनी लडाईं लड्ने निष्कर्ष निकालेको थियो ।

Advertisement

प्रतिक्रिया