शुक्रबार, वैशाख ७, २०८१

आजको राशिफल : ज्येष्ठ ९ गते आइतबार

मेरोन्यूज २०७८ जेठ ९ गते ८:०७


काठमाडौं । आज २०७८ साल ज्येष्ठ महिनाको ९ गते आइतबार, वैशाख शुक्लपक्षको द्ववादशी तिथि । आज वैष्णवहरुको मोहनी एकादशी व्रत रहेको छ । अब लागौं आजको राशिफलतर्फ ।

मेष
एकपछि अर्काे गरी आउने विचारले निर्णय क्षमतामा गिरावट ल्याउने छ । मनमा अत्याधिक दुबिधा आउने छ । पेशागत जीवन सामान्य र ठिक नै रहेता चुनौतिहिन पनि हुने छैन् । आम्दानी अपेक्षाकृत हुने छैन् । बोलीमा आउने रुखोपनाले परिवारमा कटुताको वातावरण निर्माण हुन जाने भएकाले सतर्क रहनु होला । धन सम्पत्तिका विषयमा परिवारमा मतभेद हुने छ । आयात निर्यात, लेखा पेशा, किराना पसल, घर घडेरीको कारोवार जस्ता क्षेत्रमा आबद्धलाई समय प्रतिकुल रहेको छ ।

वृष
दृढतामा बृद्धि हुने छ तर बोलीमा अत्याधिक रुखोपन हुने भएकाले यसबारेमा ध्यान दिनु होला । साहसिक ब्यक्तित्व बन्ने छ । दाम्पत्य जीवनमा सतर्कताको आवश्यकता छ, खासगरी जीवनसाथिबाट बढि दबाबपूर्ण ब्यवहार भएको महशुस हुने छ । भाग्यको साथ रहेकाले पेशागत जीवन भने सहज नै रहने छ । औषधी, हार्डवेयर, रंगको ब्यापार, फलाम, सिमेण्ट, डण्डि, उद्योग कलकारखाना, सामान ढुवानी गर्ने गाडि, जस्तो क्षेत्रमा आवद्धहरुलाई समय अनुकुल छ ।

मिथुन
पैतृक सम्पत्ति आफू अनुकुल परिचालन गर्न पाउने अवसर प्राप्त हुने छ । परिवारको साथका कारण सुख सुविधा प्राप्त हुने छ । मनमा दृढता आउने छ भने मनमा शान्तिको आभाष प्राप्त हुने छ । समय अलि प्रतिकुल देखिएकाले संयमताको खाँचो छ । भाग्यको साथ कम भएकाले पेशागत जीवनमा भने अनुमान नगरीएका अड्चनहरु आउने छन् । दृढ खाले ब्यक्तित्व भएता पनि रिस अति धेरै उठ्ने भएकाले अरुले तपाईलाई घमण्डी ब्यक्तिका रुपमा पाउने छन् । राजनीतिक जीवनमा रहेकाहरुलाई समय अशुभ छ । त्यसैगरी औषधीको ब्यापार, कपडाको ब्यापार, राजनीति, प्रशासन जस्ता पेशामा आवद्धहरुलाई समय अनुकुल छैन् ।

कर्कट
सन्तान सुखमा कमि आउने छ । परिवारको साथ मिलेर काम गरेमा कमाई गर्न सकिने छ । छोटो छोटो यात्रामा निस्कनु पर्ने छ । दाम्पत्य जीवनमा सुखद् अनुभुति हुने छ । साझेदारीमा गरिएका काममा पनि प्रगति हुने छ । पाचन प्रणालीसँग सम्बन्धी रोगले सताउने छ । सरुवा रोगहरुको संक्रमणको खतरा रहेकाले उच्च सतर्कताको आवश्यकता छ । धन सम्पत्तिमा नोक्सानी ब्योहर्नु पर्ने छ । बौद्धिक क्षेत्र, अध्यापन, प्राध्यापन, लेखन, पत्रकारिता जस्ता पेशामा आवद्धहरुको हकमा समय प्रतिकुल छ ।

सिंह
परिवारको सदस्यहरुका बीच नरम भावमा कुराकानी गर्ने तथा सल्लाह गर्ने अवस्था आउँछ । बोली नरम हुने छ । कमाई गर्नु पर्दछ र आफ्नो सपना पुरा गर्नका लागि जस्तो सुकै जोखिम मोल्न तयार हुने स्वाभाव देखा पर्दछ । यस्तो अवस्थामा ब्यक्तिलाई आफ्नो लक्ष्य प्राप्तिमा हिंसात्मक समेत बनाउने भएकाले यसबारेमा विचार भने अवश्य पु¥याउनु होला । साझेदारीमा गरिएका कामहरुमा द्वन्द देखिन पुग्ने छ ।

कन्या
चलाख र क्यालकुलेटिभ स्वाभाव हुन जाने छ । सितल स्वाभाव हुने भएकाले अरुको मन जित्न सकिने छ । कमाइमा भएको बृद्धिले सन्तोष प्राप्त हुने छ । पेशागत जीवनमा केही अस्वाभाविक समस्याहरु देखा पर्न जाने भएकाले त्यससँग उर्जासहित जुध्नु पर्ने अवस्था आउँछ । ब्यवस्थापन, वाणिज्य, पत्रकारिता, ब्यापार क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ । दाम्पत्य जीवनमा झैझगडा र द्वन्द देखा पर्ने छ ।

तुला
समय प्रतिकुल चलिरहेकाले संयम रहनु होला । मनमा उदासिनता देखा पर्ने छ । रोजगारी तथा पेशामा बाधा अड्चन देखा पर्ने छ । पेशा तथा रोजगारी गुमाउनु पर्ने अवस्था निम्तिन सक्छ । आत्मबलको कमि हुनाले प्रतिकुल समयसँग जुध्न सक्दिनकी जस्तो लागि रहने छ । बोलीको प्रभाव कम हुने छ अर्थात राम्रो भन्दा खोज्दा खोज्दै पनि गलत बुझाई हुन जाने भएकाले सतर्कत रहनु होला । नेतृत्व क्षमतामा कमि आउने भएकाले आवश्यक निर्णय लिन निकै बिलम्ब हुने छ ।

वृश्चिक
भाग्यको साथका कारण आम्दानीमा बृद्धि हुने वा आम्दानी हुने क्षेत्र सकारात्मक बन्न पुग्ने छन् । मनोबलमा कमि हुन जाने छ । नकारात्मक सोचाई र विचारले घेर्ने भएकाले मनमा सकारात्मक विचारहरुबारे चिन्तन बढाउनु होला । शारीरिक रुपमा कमजोरी हुने छ भने आलस्य लाग्ने छ । दाम्पत्य जीवनमा पनि बादबिबाद हुन जाने भएकाले विचार गर्नु होला । साझेदारीमा गरिएका कामहरुमा द्वन्द देखा पर्ने छ ।

धनु
समय विचार गरेर पाइला चाल्नु पर्ने समय छ । पारीवारिक सदस्यहरुको साथका कारण राहत मिल्ने छ । तर बोलीमा देखा पर्ने कडापनले परिवारमा पनि कटुता ल्याउन सक्ने चुनौति रहेकाले बोल्दा नरम भावमा बोल्दा ठिक हुने छ । पेशागत जीवनमा अबरोधहरुको सामना गर्नु पर्ने छ । कुरा काट्नेहरु धेरै हुने छन् भने पेशागत जीवनमा कुरा काट्नेहरु धेरै हुने छन् । भाग्यको साथ रहेकाले प्रतिकुल अवस्थामा पनि टिकिरहन ठुलो उर्जा प्राप्त हुने छ ।

मकर
प्रतिष्पर्धात्म स्वाभाव हुने भएकाले शत्रु तथा प्रतिष्पर्धीहरुसँग जित हासिल हुने छ । कमाईका लागि कतिपय गैरकानूनी क्षेत्रमा पनि संलग्न गराई दिने खालको ग्रह सक्रिय रहेकाले यसबारेमा निकै सतर्क रहनु होला । दृढखाले स्वाभाव हुने छ । जसले गर्दा कसैले पनि हेप्न सक्ने छैन् । तर अलि क्रुरताको मात्रा बढ्न जाने भएकाले यसबारेमा विचार गर्नु होला । आयात निर्यात, पानी, दुध, न्यायालय, सेवाका क्षेत्रहरु, श्रम क्षेत्र, कोल्ड ड्रिङ्स आदी जस्ता क्षेत्रमा संलग्नहरुलाई फाइदा मिल्ने समय छ ।

कुम्भ
ज्ञान, करुणा, वृहत्तर सोचाई तथा दार्शनिक सोचाई आउने छ । बौद्धिक क्षेत्रमा प्रगति हुने छ । आम्दानीमा हुने बृद्धिले मनमा केही सन्तोष दिने भएता पनि अधिकांश प्रतिशत मनमा उदासिनता आउने छ । स–साना विषयमा पनि रुन मन लाग्ने छ । मन अति नै लुलो हुन जाने छ । चिसो लाग्ने भएकाले चिसोबाट बच्नु होला । साझेदारीमा गरिएका कामहरुमा गम्भीरखाले द्वन्द आउने र फुटसम्म लैजाने छ ।

मीन
दुविधात्मक ब्यक्तित्व बन्न जाने छ । मनमा दृढताको कमि हुने छ । परिवार र विभिन्न विषयहरुमा सन्तोषको अभाव हुने छ । मेहनत र पराक्रमी भावमा भने बढोत्तरी हुने छ । भाग्यको साथ कम रहेकाले मेहनत धेरै तर प्रतिफल निकै कम प्राप्त हुने छ । धर्म अध्यात्म प्रति विश्वासमा कमि आउने छ । आम्दानीमा हुने झिनो बृद्धिले राहत प्रदान गर्ने छ, तर उक्त आम्दानी हात लाग्न ढिलाई हुन जाने छ । विवाह आदीका विषयमा ढिलाई हुन जाने छ । शिक्षण, लेखन, पत्रकारिता, शिक्षा क्षेत्र, अध्यापन, जस्ता पेशामा आवद्धहरुलाई समय चुनौतिपूर्ण देखिन्छ ।

प्रतिक्रिया